निर्वाचित भएको पाँच महिनापछि निजी निवास पुगे राष्ट्रपति

काठमाडौं— निर्वाचित भएको पाँच महिनापछि राष्ट्रपति रामचन्द्र पौडेल निजी निवास बोहोराटार पुगेका छन् । उनी शनिबार बिहान निजी निवास पुगेका हुन् ।
पौडेल गत वर्षको फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । राष्ट्रपति बनेपछि पहिलोपटक घर पुगेका पौडेलले छिमेकीसहित आफन्त र शुभचिन्तकसँग भलाकुसारी गरेका थिए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल सत्ता गठबन्धन दलहरू कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरूको समर्थनमा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति: शनिबार, साउन २०, २०८० ११:३९













