राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध प्रदर्शन गर्दै

काठमाडौं— नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले शनिबार सरकारका विरुद्ध प्रदर्शन गर्ने भएको छ ।
युवा संघले शनिबार अपरान्ह ४ बजे काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गर्न लागेको हो । सुन तस्करी, सहकारी पीडितको माग, लम्पीस्किन रोगको नियन्त्रण, ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड लगायत विषयमा सरकारको ध्यानाकर्षण गराउन युवा संघले प्रदर्शन गर्न लागेको हो ।
सय किलो सुन तस्करी काण्डका प्रमुख व्यक्तिलाई संरक्षण गरेर सरकारले गरीब जनतालाई मात्रै पक्राउ गरेको भन्दै युवा संघले आपत्ति जनाएको हो । युवा संघले सो काण्डको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउनुपर्ने माग गरेको छ ।
प्रकाशित मिति: शनिबार, साउन २०, २०८० ११:४६













