प्रधानमन्त्री दाहाल र अमेरिकी सिनेटरबीच भेटवार्ताशुक्रबार, भदौ १५, २०८०

विमानस्थल सुरक्षा सुधारका लागि गठित कार्यदलको गर्यो सुझाव संकलन शुक्रबार, भदौ १५, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सुधारका लागि सुझाव दिन सरकारद्वारा गठित कार्यदलले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरी जानकारी लिएको छ ।

सामाजिक सञ्जालमा टिप्पणी गरेकै कारण साउदी अरबमा पूर्वशिक्षकलाई मृत्युदण्ड शुक्रबार, भदौ १५, २०८० साउदी अरबको एक अदालतले एक जना पूर्वशिक्षकलाई फाँसीको फैसला सुनाएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड शुक्रबार, भदौ १५, २०८० कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा विद्यार्थी संगठनले शुक्रबार दिउँसो तोडफोड गरेको छ ।
सरकारको ढाँटछलप्रति विद्यालय कर्मचारी आजित, प्रधानमन्त्री र अर्थमन्त्रीलाई प्रश्न शुक्रबार, भदौ १५, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीसँग समय समय गरेका सहमति कार्यान्वयन नगरेको भन्दै आक्रोशित भएका छन् ।

परराष्ट्रमन्त्री साउद अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता शुक्रबार, भदौ १५, २०८० परराष्ट्र मन्त्रालयमा भएको भेटमा अमेरिका र नेपालबीचको द्विपक्षीय र बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार काठमाडौं आइपुगेका हुन् ।

चीन भ्रमणमा प्रधानमन्त्रीले चुच्चे नक्साको विषय उठाउने प्रवक्ता सापकोटाको दाबी शुक्रबार, भदौ १५, २०८० नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनको नयाँ नक्सामा चुच्चे नक्सासहितको छिमेकी नेपाल नसमेटिएको विषय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणको समयमा उठाउने बताएका छन् ।पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले यस्तो बताएका हुन् ।

जुम्लाका किसान स्याउ टिप्न व्यस्त शुक्रबार, भदौ १५, २०८० जुम्लाका किसान यतिबेला बगैँचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्वता र गुलियोपन भरिएसँगै व्यापारी खरिद गर्न किसानको बगैँचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान सत्यदेवी पाण्डेले जानकारी दिए ।

अमेरिकी सिनेटर होलेन काठमाडौंमा शुक्रबार, भदौ १५, २०८० काठमाडौंस्थित अमेरिकी राजदूतावासले भ्रमणका क्रममा सिनेटर होलेनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्नुहुने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने जानकारी दिएको छ।

राष्ट्रसङ्घविरोधी प्रदर्शनमा कङ्गोमा ४३ जनाको मृत्यु शुक्रबार, भदौ १५, २०८० कङ्गोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदाय माथि आक्रमण गरेको थियो । सुरक्षा अधिकारीहरूले पुष्टि गरेको सेनाको आन्तरिक दस्तावेजमा प्रहरीसहित ४३ जनाको मृत्यु भएको र ७५ जना घाइते भएको उल्लेख छ । उक्त आक्रमणका क्रममा धेरै धारिला हतियारहरू जफत गरेको र सम्प्रदायका नेतासहित...

कोशी सरकारविरुद्धको रिटको सुनुवाइ स्थगित शुक्रबार, भदौ १५, २०८० कोशी सरकारविरुद्धको सुनुवाइ स्थगित भएको छ ।शुक्रबार यो रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा परेको थियो । तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो । प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर्न अस्वीकार गरेका हुन् ।

न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेन : प्रधानन्यायाधीश श्रेष्ठ शुक्रबार, भदौ १५, २०८० त्यसपछिका वृत्तिविकासमा आफू सधैँ काममा अब्बल रहेका कारण नै होला सधैँ अग्रस्थानमा पुगेको उनको भनाइ थियो । प्रधानन्यायाधीश श्रेष्ठले मञ्चको अभिनन्दनले आफूलाई गौरव महसुस भएको उल्लेख गर्दै भने, ‘यसले मलाई न्यायिक कार्यमा थप सक्रियता हुन र थप बल पुग्नेछ भन्ने लागेको छ ।’

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु शुक्रबार, भदौ १५, २०८० संसदीय सुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश शर्माको सुनुवाइका लागि उजुरी आह्वान गरेको हो । उच्च अदालत पाटनका न्यायाधीश शर्मा हाल सर्वोच्च अदालतमा काजमा छन् । गत भदौ १० गते बसेको न्याय परिषद् बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो ।









