News Griha :: न्यूजगृह
प्रविधिको विकासले अवसरसँगै चुनौति थपियो : अर्थमन्त्री महत
प्रविधिको विकासले अवसरसँगै चुनौति थपियो : अर्थमन्त्री महत महतले भने, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ । टेक्नोलोजीले सहज बनाउनको साथसाथै चुनौती पनि थपिएको छ । नयाँ नयाँ टेक्नोलोजीको सदुपयोग र दुरुपयोग दुवैको चुनौति थपिएको छ । राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेका हामी किन न हौं, कर्मचारी र सुरक्षा निकाय किन नहोस् या निजी...
एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरि लाभ लिनुपर्छ : सभामुख घिमिरे
एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरि लाभ लिनुपर्छ : सभामुख घिमिरे काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) बाट देशको हित हुनेगरि लाभ लिन सक्नुपर्ने बताएका हुन् । घिमिरेले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमिकता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी धेरै लिने ? भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । 
स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुई पक्राउ
स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुई पक्राउ स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले सिरहाको माडरस्थित कालीचौकबाट पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका–१७ माडरस्थित कालीचौकमा शुक्रबार जाँच गर्ने क्रममा बीआर ७ एस ४२२४ नम्बरको कारको सिटमुनि लुकाई राखेको अवस्थामा स्रोत नखुलेको ४४ लाख रुपैयाँ बरामद भएको हो ।
राजदूत थापाद्वारा महासचिव गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
राजदूत थापाद्वारा महासचिव गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत सो अवसरमा महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधिका रूपमा राजदूत थापालाई बधाई तथा स्वागत गर्दै कर्तव्य निर्वाह र नेपाल–संयुक्त राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे । महासचिव गुटेर्रेसले नेपालले संयुक्त राष्ट्रसङ्घमा वर्षौँदेखि खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै  संयुक्त राष्ट्र सङ्घको उद्देश्य प्राप्तिका लागि...
इतिहासले सम्झिने गरी सरकारले जनताको पक्षमा काम गरेको प्रचण्डको दाबी
इतिहासले सम्झिने गरी सरकारले जनताको पक्षमा काम गरेको प्रचण्डको दाबी शनिबार जनतासँग माओवादी: विषेश रूपान्तरण तीन महिने अभियानको भर्चुअल उद्घाटन गर्दै दाहालले आफ्नो नेतृत्वको सरकारले इतिहास लेखिने गरी सामाजिक न्याय र सुशासनको पक्षमा कैयौँ काम गरेको बताए ।
अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु
अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु शुक्रबार साँझ धनगढी उपमहानगरपालिका ५ को तारानगरमा से१ह २८९९ नम्बरको रिक्सा दुर्घटना हुँदा चालक ५० वर्षीय गङ्गा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
४८ एसपीको सरुवा, को कहाँ ? [सूची]
४८ एसपीको सरुवा, को कहाँ ? [सूची] नेपाल प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ । शुक्रबार कार्यालयले सरुवाको सूचीसहितको सूचना सार्वजनिक गर्दै सरुवा भएको जानकारी गराएको हो । 
दाङमा गणपति तेल मिलमा आगलागी
दाङमा गणपति तेल मिलमा आगलागी तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा शनिबार बिहान आगलागी भएको छ ।
गोरखामा बमजस्तै शंकास्पद वस्तु फेला
गोरखामा बमजस्तै शंकास्पद वस्तु फेला गोरखा-आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका-८ स्थित कट्टेलचोकमा शंकास्पद वस्तु फेला परेको छ ।
काठमाडौं र ललितपुरका यी क्षेत्रमा आज लोडसेडिङ हुने
काठमाडौं र ललितपुरका यी क्षेत्रमा आज लोडसेडिङ हुने काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा आज शनिबार लोडसेडिङ हुने भएको छ ।
सरुवा भए १२० डीएसपी [सूची]
सरुवा भए १२० डीएसपी [सूची] नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । शुक्रबार १२० जना डीएसपीहरूको सरुवा भएको हो । भदौदेखिको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यी प्रदेशमा वर्षाको सम्भावना 
यी प्रदेशमा वर्षाको सम्भावना  देशका विभिन्न भू–भागमा शनिबार वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ ।  साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
Weather Update