News Griha :: न्यूजगृह
इतिहासले सम्झिने गरी सरकारले जनताको पक्षमा काम गरेको प्रचण्डको दाबी

काठमाडौं— प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले इतिहासले नै सम्झिने गरी सामाजिक न्याय र सुशासनको क्षेत्रमा जनपक्षीय कामको सुरुआत गरेको बताएका छन् । 

शनिबार जनतासँग माओवादी: विषेश रूपान्तरण तीन महिने अभियानको भर्चुअल उद्घाटन गर्दै दाहालले आफ्नो नेतृत्वको सरकारले इतिहास लेखिने गरी सामाजिक न्याय र सुशासनको पक्षमा कैयौँ काम गरेको बताए ।

उनले भने, ‘सरकारले इतिहासले नै सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय कामहरू अगाडि बढाई रहेको छ । एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरुले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सृजना गरिरहेको छ ।’

सरकारले विकास र समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले सरकार र प्रणालीप्रति जनविश्वास बढ्दै गएको जिकिर गरे । 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ११:०८
Weather Update