गोरखामा बमजस्तै शंकास्पद वस्तु फेला

काठमाडौं— गोरखा-आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका-८ स्थित कट्टेलचोकमा शंकास्पद वस्तु फेला परेको छ ।
शनिबार बिहान टेप बाँधेर राखेको अवस्थामा मुख्य सडकमा कुकर फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले न्यूजगृहलाई जानकारी दिए ।
श्रेष्ठले शनिबार बिहान न्यूजगृहसँग भने,‘गोरखा-आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका-८ स्थित कट्टेलचोकमा कालो टेपले बाँधेर राखेको अवस्थामा कुकर फेला परेको छ । उक्त शंकास्पद वस्तु बम हुनसक्ने भएर हामीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिसकेका छौं ।’
एसपी श्रेष्ठको भनाइमा सडकको बीचमा उक्त शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० ०७:३९













