News Griha :: न्यूजगृह
अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं— कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ धनगढी उपमहानगरपालिका ५ को तारानगरमा से१ह २८९९ नम्बरको रिक्सा दुर्घटना हुँदा चालक ५० वर्षीय गङ्गा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अटो अनियन्त्रित भएर पल्टिएको हो । सोही क्रममा चालक केसी घाइते भएका हुन् । उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । 

 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०९:३१
Weather Update