आजदेखि बीपी साहित्य महोत्सवआइतबार, भदौ २४, २०८०

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना आइतबार, भदौ २४, २०८० साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ र बाँकी प्रदेशहरूमा आंशिक देखी सामान्यतया बदली भई एकदुई स्थानमा...

ललिता निवास प्रकरणमा आज थुनछेक आदेश आउन सक्ने आइतबार, भदौ २४, २०८० ललिता निवासको जग्गा हिनामिना प्रकरणको मुद्दामा आइतबार थुनछेक आदेश आउन सक्ने सम्भावना रहेको छ । हिरासतमा रहेका १८ मध्ये १७ जना प्रतिवादीका तर्फबाट प्रतिरक्षा बहस शुक्रबार नै सकिएको छ। आइतबार शुरु मै समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरेका तर्फबाट वकिलहरूले काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस थाल्नेछन् ।

मोरक्को भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २ हजार बढी आइतबार, भदौ २४, २०८० मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २ हजार बढी पुगेको त्यहाँको गृहमन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । भूकम्पमा परी कम्तीमा एक हजार ४ सय जना घाइते छन् । मोरक्कोको स्थानीय समयअनुसार शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको...

युक्रेनले भन्याे— रुसी युद्धबारे जी–२० मा गर्व गर्नुपर्ने केही छैन शनिबार, भदौ २३, २०८०

विभिन्न ठाउँमा ६ जना मृत फेला शनिबार, भदौ २३, २०८० विभिन्न ठाउँमा ६ जना मृत फेला परेका छन् । बझाङको छबिसपाथिभेरा गाउँपालिका–४ स्थित तिलेली खोलाको किनारामा सोही गाउँपालिका–१ जिप्लीका ६० वर्षीय बर्म बिष्ट शुक्रबार मृत फेला परेका छन् ।

कांग्रेसले बीपीको सिद्धान्त छाड्न हुँदैन : अध्यक्ष वाग्ले शनिबार, भदौ २३, २०८० प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले कांग्रेसले बीपीको सिद्धान्त छाड्न नहुने बताएका छन् ।
अवैध लागूऔषधसहित ६ जना पक्राउ शनिबार, भदौ २३, २०८० अवैध लागूऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवन बस्ने ताप्लेजुङ खक्कलुङ गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन लिम्बूसमेत ३ जनालाई अवैध लागूऔषध गाँजा ८ सय ग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

अब कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्छ : डा.शेखर कोइराला शनिबार, भदौ २३, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्नुपर्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले लगायो मलंगवामा कर्फ्यु शनिबार, भदौ २३, २०८० कृष्ण अष्टमीको मूर्ति बिसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार विहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।

शिक्षा दिवसमा विद्यालय कर्मचारीहरू पुरस्कृत हुँदै शनिबार, भदौ २३, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले प्रत्येक प्रदेशको (७ प्रदेश) सामाजिक विकास मन्त्रालयको सिफारिसमा विद्यालय कर्मचारीहरू पुरस्कृत हुने अवसर प्राप्त भएको बताएका छन् ।

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या ८ सय नाघ्यो शनिबार, भदौ २३, २०८० मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म ८ सय २० जनाको मृत्यु भएको छ भने ६ सय ७२ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये २ सय पाँच जनाको अवस्था गम्भीर छ ।

ओलीले सम्झिए तीजमा कांग्रेस कार्यकर्ताले महिला दिदीबहिनी कुटपिट गरेको घटना शनिबार, भदौ २३, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँ बसेको , रमाएको देखेर मन पोल्नेहरूका कारण साम्प्रदायिक सद्भाव कायम राख्न समस्या हुने गरेको बताएका छन् ।









