News Griha :: न्यूजगृह
विभिन्न ठाउँमा ६ जना मृत फेला

काठमाडौं— विभिन्न ठाउँमा ६ जना मृत फेला परेका छन् । बझाङको छबिसपाथिभेरा गाउँपालिका–४ स्थित तिलेली खोलाको किनारामा सोही गाउँपालिका–१ जिप्लीका ६० वर्षीय बर्म बिष्ट शुक्रबार मृत फेला परेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१६ डक्रैनास्थित मलबारे कुलोमा सोही उपमहानगरपालिका–१२ बस्ने ३२ वर्षीय गोविन्द भण्डारी पनि शुक्रबार नै मृत फेला परेका छन् ।

त्यसैगरी मोरङको केराबारी गाउँपालिका–१० बस्ने ६० वर्षीय दिलकुमार याख्खा आफ्नै घरमा शनिबार मृत फेला परेका छन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित वडा कार्यालय नजिक परिचय नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत फेला परेका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१४ स्थित खेतमा परिचय नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

बाग्लुङको गलकोट नगरपालिका–७ बामिया बस्ने ज्ञानबहादुर खड्काको घर पछाडि परिचय नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १९:४४
Weather Update