
काठमाडौं— आइतबारदेखि तीन दिने बीपी साहित्य महोत्सव सुरु हुँदैछ ।
नेपाली कांग्रेसले बीपीको सम्झनामा यही भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा महोत्सव गर्न लागेको हो ।
समितिका अनुसार महोत्सवमा प्रत्येक दिन चारवटा सेसन, एक की नोट स्पीच रहने छन् । साथै, तीन फरकफरक दिन कविता, गजल र सांगीतिक साँझ हुने कार्यक्रम तालिका रहेको छ ।
पहिलो दिन उद्घाटनसहितबीपीको साहित्य, सिर्जना र जीवन दर्शन, बीपीकादृष्टिमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य र कविता साँझ हुनेछ । दोस्रो दिन मार्क्स, गान्धी र बीपीबारे सम्भाषण, बीपीले नपाएको १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बीपी, युवा स्रष्टामा बीपी पठन र गजल साँझ हुनेछ ।
यस्तै अन्तिम दिन तीन घुम्ती, बीपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रूपान्तरण र बीपी, समय र सबाल्टर्न,बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपीका साथै धन्यवाद ज्ञापन र साङ्गीतिक साँझ सेसन रहेको आयोजकले जनाएको छ।













