News Griha :: न्यूजगृह
अवैध लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं— अवैध लागूऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवन बस्ने ताप्लेजुङ खक्कलुङ गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन लिम्बूसमेत ३ जनालाई अवैध लागूऔषध गाँजा ८ सय ग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

लिम्बूको कोठाभित्र अवैध लागूऔषध लुकाइ राखेको सूचानको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले कोठा खोजतलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

रुपन्देही, देवदह नगरपालिका–१० चरङ्गे रम्भाटोल बस्ने ३० वर्षीय सुशील पुनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ९० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी मोरङकाे रंगेली नगरपालिका–४ चोप्राहबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका–८ शुक्रबारे बस्ने १९ वर्षीय पर्वत लिम्बू र बेलबारी नगरपालिका–८ बस्ने २६ वर्षीय सन्दीप कार्की रहेका छन् ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले प्र.१–०२–०४१ प ४८२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १८:४२
Weather Update