News Griha :: न्यूजगृह
अब कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्छ : डा.शेखर कोइराला

चितवन— नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा शनिबार कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्नुपर्ने बताएका हुन् ।

‘हामीसँग ९० सिट छ, ९ जना मन्त्री छन्, कसैलाई लागेको होला मन्त्रीले काम गरेका छन्, कसैलाई लागेको होला केही काम गरेका छैनन्,’ उनले भने,‘तर मलाई के लाग्छ भने संसदीय प्रणालीमा प्रधानमन्त्रीबाहेक अरु मन्त्रीको कुनै रोल हुँदैन ।’ सोही कारण अब कांग्रेसको सरकार हुन जरुरी रहेको कोइरालाले बताए ।

नेता कोइरालाले अहिलेको निर्वाचन प्रणालीबाट देशमा कुनै एक पार्टीको मात्रै सरकार बन्न नसक्ने भएकाले प्रत्यक्ष निर्वाचन प्रणाली मात्रै राख्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १८:२१
Weather Update