News Griha :: न्यूजगृह
विद्यालय जान हिँडेका बैतडीका शिक्षक अझै भेटिएनन्
विद्यालय जान हिँडेका बैतडीका शिक्षक अझै भेटिएनन् विद्यालय जान हिँडेका डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहराको अवस्था अज्ञात रहेको हो । बोहरा यही भदौ ५ गतेदेखि बेपत्ता छन् ।
गल्ती गरेको भए दोषीमाथि कारबाही हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत
गल्ती गरेको भए दोषीमाथि कारबाही हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने बताएका छन् । केही दिनअघि कान्ति बाल अस्पतालमा पाँच वर्षीया बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको थियो ।
ग्रिकमा बाढीबाट मृत्यु हुनेको संख्या १० पुग्यो
ग्रिकमा बाढीबाट मृत्यु हुनेको संख्या १० पुग्यो ग्रिकमा बाढीबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि ग्रिकका प्रधानमन्त्री किरियाकोस मित्सेटाकिसले प्रभावित सबैलाई पूर्ण रूपमा सहयोग गर्न निर्देशन दिएका छन् ।
वर्षमान पुन भन्छन्— मौलिक हक लागु गर्न सरकार प्रतिबद्ध छ
वर्षमान पुन भन्छन्— मौलिक हक लागु गर्न सरकार प्रतिबद्ध छ  नेकपा माओवादी केन्द्रका उपमहासचि वर्षमान पुनले संविधानमा लेखिएका सबै मौलिक हक लागु गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
हिमालय एअरले काठमाडौं—छिङ्डाओ उडान सुरु गर्दै
हिमालय एअरले काठमाडौं—छिङ्डाओ उडान सुरु गर्दै हिमालय एअरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सीधा उडान सुरु गर्ने भएको छ ।
वर्षाका कारण बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध, सवारीसाधन बाटोमै अलपत्र
वर्षाका कारण बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध, सवारीसाधन बाटोमै अलपत्र वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । अम्कोटमा पहिरो आएपछि सडक अवरुद्ध बनेको हो ।
प्रधानमन्त्रीको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक जारी 
प्रधानमन्त्रीको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक जारी  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक जारी छ ।
शिक्षक सेवा आयोगले कुन-कुन विषयको परीक्षाको नतिजा सार्वजनिक गर्‍यो ? [नतिजासहित]
शिक्षक सेवा आयोगले कुन-कुन विषयको परीक्षाको नतिजा सार्वजनिक गर्‍यो ? [नतिजासहित] शिक्षक सेवा आयोगले अहिलेसम्म सामाजिक, विज्ञान र गणित विषयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेको छ ।
शिव शिखर सहकारी पीडितलाई उजुरी गर्न आह्वान
शिव शिखर सहकारी पीडितलाई उजुरी गर्न आह्वान एक वर्षअघि बेनी नगरपालिका–८ न्युरोडमा स्थापना भएको सहकारी छ महिनायता बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा गत असार १७ गते दर्ता भएको मुद्दाको अनुसन्धानका क्रममा थप पीडित बचतकर्तालाई पनि उजुरी गर्न आह्वान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुमार गुरुङले बताए । 
बढ्यो हरियो तरकारीको मूल्य
बढ्यो हरियो तरकारीको मूल्य जसअनुसार आइतबार कालीमाटी फलफूल तथा तरकारी बजारमा नेपाली गोलभेँडा  सानो प्रतिकेजी ३५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ४०, काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४८, भारतीय सुकेको प्याज, ७० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।
बाढीपहिरोबाट यी  राजमार्ग अवरूद्ध
बाढीपहिरोबाट यी  राजमार्ग अवरूद्ध सडक विभागले दिएको जानकारीअनुसार तानसेन–रिडी–कोरला सडक पहिरोका कारण अवरूद्ध छ। त्यस्तै तमोर करीडोरअन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारस्थित हेवाखोलामा अवरुद्ध छ। 
जहाँ बीपीको नाममा चार दशकदेखि कोठा खाली छ
जहाँ बीपीको नाममा चार दशकदेखि कोठा खाली छ प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (बीपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि  उनकै नाममा खाली छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला बीपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ ।
Weather Update