चीन भ्रमण जान लागेका प्रधानमन्त्री प्रचण्डलाई बाबुरामले दिए ३ सुझावसोमबार, भदौ २५, २०८०

शिक्षा ऐन आउनै लाग्दा शिक्षकलाई केन्द्रको यस्तो निर्देशन सोमबार, भदौ २५, २०८० नेपाल राहत शिक्षक केन्द्रीय समितिले सबै तहका समितिको राहत शिक्षकहरूलाई आफ्नो क्षेत्रभित्रका पालिका समिति अद्यावधिक गर्ने काममा समन्वय र सहजीकरण गर्न आइतबार निर्देशन दिएको छ।

मानव स्रोत विकास केन्द्रद्वारा साक्षर घोषणा हुन बाँकी स्थानीय तह र प्रदेशसँग प्रस्तावना माग सोमबार, भदौ २५, २०८० शिक्षा तथा मानव स्रोत विकास केन्द्रले साक्षर नेपाल अभियानअन्तर्गत स्थानीय तहका लागि साझेदारीमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ ।

अझै खुलेन जयपृथ्वी राजमार्ग, दशरथ चन्द मार्ग पनि अवरुद्ध सोमबार, भदौ २५, २०८० उक्त ढुङ्गा फुटाल्न बझाङबाट ठूलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । आइतबारदेखि राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन् ।

सेनाले रोप्यो दुई हजार बिरुवा सोमबार, भदौ २५, २०८० सेनाको ‘गो ग्रीन क्याम्पेन’ कार्यक्रमअन्तर्गत इनामे सामुदायिक वनको खालीपाखा टङटङेमा वृक्षरोपण गरिएको हो । यहाँ तेजपत्ता मसलालगायत बरुवा रोपिएको सेनाले जनाएको छ । यो अभियानअन्तर्गत जिल्लाभर बिरुवा रोप्ने योजना रहेको नयाँ श्रीनाथ गण भोजपुरका गणपति फडिन्द्र थापाले जानकारी दिए ।

माछाका भुरामा गण्डकी छैन आत्मनिर्भर सोमबार, भदौ २५, २०८० ह्याचरी फार्मका लागि पूर्वाधार नहुँदा गण्डकी प्रदेश माछाका भुराको उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । मत्स्य अनुसन्धान केन्द्रका अनुसार मागको ५५ प्रतिशत भुरा मात्र प्रदेशभित्र उत्पादन हुन्छ ।नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत पोखराको बेगनासमा रहेको सो केन्द्रमा मात्र माछाको ह्याचरी छ । 'प्रदेशमा अन्यत्र माछाको स्रोत केन्द्र विस्तार हुन सकेन,...
प्रधानमन्त्रीले किन बोलाए श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई ? सोमबार, भदौ २५, २०८० नेपाली श्रमिक कार्यरत प्रमुख गन्तव्य मुलुकमा खटिएका १३ नेपाली राजदूत र नियोगका प्रतिनिधि काठमाडौं आइपुगेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि उनीहरु काठमाडौं आइपुगेका हुन् । श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्ने उद्देश्यले छलफल गर्न प्रधानमन्त्री प्रचण्डले राजदूत र नियोगका प्रतिनिधिहरूलाई काठमाडौं बोलाएका हुन् ।

ललिता निवास प्रकरणमा सरकारले नै तुहायो ‘सङ्गठित अपराध’ सोमबार, भदौ २५, २०८० ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्तेमा मुद्दा चलाइएका मध्ये १७ जनालाई धरौटीमा र एकजनालाई सामान्य तारेखमा छाड्न काठमाडौं जिल्ला अदालतबाट आइतबार आदेश भएको छ । सर्वोच्च अदालतले यस प्रकरणमा पिरामिड शैलीमा अनुसन्धान गर्न आदेश गरेपछि पनि किर्तेमा दर्ता भएको चर्चित मुद्दामा थुनछेक बहसपछि अदालतबाट अभियुक्तलाई धरौटी र सामान्य तारेखमा...

कस्तो रहला आजको मौसम? सोमबार, भदौ २५, २०८० जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

नेपालमा भारतीय सवारीसाधन सञ्चालन गर्न दिने सम्झौता खारेज गर्न माग आइतबार, भदौ २४, २०८० नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भारतीय मालवाहक र यात्रुवाहक सवारी साधन नेपालभित्र सञ्चालन गर्न दिने ७२ घण्टे असमान सम्झौता तत्काल खारेज गर्न माग गरेको छ । महासङ्घको शुक्रबार र शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकको आइतबार निर्णय सार्वजनिक गर्दै भारतीय मालवाहक र यात्रुवाहक सवारीसाधन नेपालभित्र सञ्चालन गर्न दिने ७२ घण्टे असमान...

कैदीबन्दी हत्या प्रकरण : अदालतमा १५ आरोपितको बयान सुरु आइतबार, भदौ २४, २०८० हत्या प्रकरणमा जोडिएका १५ जना आरोपितसँग आइतबारबाट बयान लिन सुरु भएको हो । हत्यामा संलग्न भएको अभियोगमा ७ प्रहरी र ८ जना कैदीबन्दी विरुद्ध जिल्ला अदालत सङ्खुवासभामा शुक्रबार कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो । जिल्ला न्यायाधीश टेकनाथ गौतमको इजलासमा कैदी हत्या प्रकरणका अभियुक्तसँग बयान सुरु भएको भएको स्रेस्तेदार रामचन्द्र...

धरौटी बुझाउन नसकेपछि ललिता निवास प्रकरणमा पक्राउ परेका एक जना कारागार पुगे, अरु सबै रिहा आइतबार, भदौ २४, २०८० ललिता निवास प्रकरणमा १७ मध्ये १६ जना आइतबार नै धरौटी रकम बुझाएर रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटी रिहा गर्न आइतबार आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार अरुणकुमार श्रेष्ठ भने धरौटी रकम बुझाउन नसकेर कारागार चलान भएका छन् ।...

पूर्वराष्ट्रपति रामवरण यादव अस्पताल भर्ना आइतबार, भदौ २४, २०८० उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आइतबार वीर अस्पतालको भीआईपी कक्षमा भर्ना गरिएको हो । पूर्वराष्ट्रपति यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने चिकित्सकले बताएका छन् ।









