मानव स्रोत विकास केन्द्रद्वारा साक्षर घोषणा हुन बाँकी स्थानीय तह र प्रदेशसँग प्रस्तावना माग

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रले साक्षर नेपाल अभियानअन्तर्गत स्थानीय तहका लागि साझेदारीमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ ।
साक्षर घोषणा हुन बाँकी स्थानीय तहहरू,मधेस प्रदेश र कर्णाली प्रदेशसँग असोज मसान्तसम्ममा आवेदन माग गरेको हो ।
चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रमअन्तर्गत साक्षर नेपाल अभियान सञ्चालनका लागि साक्षर घोषणा हुन बाँकी स्थानीय तहमा साक्षरताका कार्यक्रमहरू सञ्चालन गरी साक्षर स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न साझेदारीमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमका लागि आवेदन माग गरेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८० ०९:३३













