सुवास नेम्वाङको निधनमा एकीकृत समाजवादी अध्यक्ष नेपालद्वारा दुःख व्यक्तमंगलबार, भदौ २६, २०८०

मियो ढल्यो, अभिभावक गुमायौँ : सचेतक बर्तौला मंगलबार, भदौ २६, २०८० नेकपा एमालेका सचेतक महेश बर्तौलाले उपाध्यक्ष अध्यक्ष सुवास नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ प्रतिक्रिया दिएका छन्।‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौँ’, मंगलबार बिहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहिल्यै बिर्सने छैनौँ । आदरणीय नेता सुवास नेम्वाङज्यू।

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या २५ सय पुग्यो मंगलबार, भदौ २६, २०८० अमेरिकन जिओलोजिकल सर्भेका अनुसार मोरक्कोको माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेनलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६.८ म्याग्निच्युडको भूकम्प आएको हो । स्थानीय समयअनुसार राति ११ बजे आएको भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको बताइएको छ ।

सुवास नेम्वाङको निधन : प्रधानमन्त्रीसहितका नेता शिक्षण अस्पतालमा मंगलबार, भदौ २६, २०८० संविधान लेखनमा अतुलनीय योगदान पुर्याएका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको खबर सुन्न साथ शीर्ष नेताहरू महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन् । अहिले अस्पतालमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू शिक्षण अस्पताल पुगेका हुन् । कुशल राजनीतिज्ञ सुवास नेम्वाङको...

सुवास नेम्वाङको निधनले स्तब्ध भएको छु : शेरबहादुर देउवा मंगलबार, भदौ २६, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् ।मंगलबार बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।

नेम्वाङको निधनले मर्माहत र स्तब्ध बनाएको छ : राष्ट्रपति पौडेल मंगलबार, भदौ २६, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताएका छन् ।मंगलबार बिहानै हृदयघातका कारण नेम्वाङको निधन भएको खबर पाए लगत्तै सामाजिक सञ्जाल एक्समा लेख्दै राष्ट्रपति पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका हुन् ।

सुवास नेम्वाङको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री प्रचण्ड मंगलबार, भदौ २६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् ।

नेम्वाङको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने मंगलबार, भदौ २६, २०८० नेकपा एमाले उपाध्यक्ष समेत रहेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन मंगलबार, भदौ २६, २०८० नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । मंगलबार बिहान १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो । अस्पतालमा पुर्याउने वित्तिकै चिकित्सकहरुले नेम्वाङको निधन भएको घोषणा गरेका हुन् । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी...

सुक्खा पहिरोका कारण दुई दिनदेखि अवरुद्ध बेनी–दरबाङ सडक अझै खुलेन सोमबार, भदौ २५, २०८० म्याग्दीको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा आइतबार बिहानदेखि खस्न सुरु गरेको सुक्खा पहिरो सोमबार साँझसम्म पनि निरन्तर खसिरहेको छ । पहिरोको कारण आज साँझसम्म पनि सडक खुलाउन नसकिएको प्रहरीले बताएको छ ।

भारतमा टिपर दुर्घटना हुँदा रुकुम पश्चिमका दुईको मृत्यु सोमबार, भदौ २५, २०८० घाइते हुनेमा आठबीसकोट–११ की खली बूढा, कर्णसिंह सुनार र तिलक बूढा रहेको स्थानीय दलजित विकले जानकारी दिए । घाइते हुनेमा अन्य जिल्लाका पनि हुन् । कामबाट डेरामा फर्किने क्रममा उनीहरू चढेको टिपर पल्टिएको बताइएको छ । उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका थिए ।

ग्यालेक्सी फोरके टीभीका सञ्चालक कुमार रम्तेल पक्राउ सोमबार, भदौ २५, २०८० पोखराको सूर्यदर्शन सहकारी संस्थाका कोषाध्यक्षसमेत रहेका ग्यालेक्सी फोरके टीभीका सञ्चालक कुमार रम्तेल पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेका हुन् । रम्तेल गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष हुन् । गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी फोरके टीभी सञ्चलान गरिरहेको छ ।

टोखा—छहरे सुरूङ्ग मार्ग निर्माणमा सरकार गम्भीर छ : अर्थमन्त्री महत सोमबार, भदौ २५, २०८० टोखा–छहरे सुरूङ्गको वातावरण प्रभाव मूल्यांकनको कार्य अगाडि बढाउन अवलोकन तथा निरीक्षण गर्दै उनले सुरूङ्ग मार्गले रसुवागढी चीन जाने नाकासम्म र पृथ्वी राजमार्गबाट काठमाडौंमा सहज पहुँच पुर्याउने भन्दै यस विषयलाई सरकारले प्राथमिकतामा राखेका दाबी गरे ।









