News Griha :: न्यूजगृह
भारतमा टिपर दुर्घटना हुँदा रुकुम पश्चिमका दुईको मृत्यु

रुकुम— भारतको हिमाचल प्रदेशमा दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ ।

रोजगारीका लागि भारत गएका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११बुढ्डेराका जयबहादुर बूढा र डिलबहादुर सुनारको मृत्यु भएको हो । तीनजना घाइते छन् ।

घाइते हुनेमा आठबीसकोट–११ की खली बूढा, कर्णसिंह सुनार र तिलक बूढा रहेको स्थानीय दलजित विकले जानकारी दिए । घाइते हुनेमा अन्य जिल्लाका पनि हुन् । कामबाट डेरामा फर्किने क्रममा उनीहरू चढेको टिपर पल्टिएको बताइएको छ । उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका थिए ।

उनीहरू गत वर्षको मङ्सिरमा रोजगारीका लागि भारतको हिमाचल गएका हुन् ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १९:५३
Weather Update