प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा छलफल
प्रधानमन्त्रीको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक जारी

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक जारी छ ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बैठक प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा केन्द्रित छ ।
सचिवालयले सोही भ्रमणको तयारी तथा एजेन्डाबारे जानकारी गराउन र सुझाव लिन सर्वदलीय बैठक बसेको जानकारी दिएको हो ।
बैठकमा पूर्वप्रधानमन्त्रीहरू, संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरू र पूर्वपरराष्ट्रमन्त्रीहरूलगायत सहभागी छन् ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८० १०:१९