हिमालय एअरले काठमाडौं—छिङ्डाओ उडान सुरु गर्दै

काठमाडौं— हिमालय एअरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सीधा उडान सुरु गर्ने भएको छ ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एअरलाइन्सले छिङ्डाओमा उडान सुरु गर्ने जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै उड्डयनमन्त्री सुदन किरातीले चीनको छिङ्डाओमा सीधा उडान भर्न लागेकोमा खुसी व्यक्त गरे ।
उनले उक्त विमानस्थल बीआरआई परियोजनाको भूमि भएको नाताले महत्वपूर्ण रहेको बताए । मन्त्री किरातीले चीनका विभिन्न शहरबाट पोखरामा उडान गर्नको लागि चिनियाँ राजदूतसँग आग्रह गरे ।
पत्रकार सम्मेलनमा नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८० १०:५६













