News Griha :: न्यूजगृह
कांग्रेसले बीपीको सिद्धान्त छाड्न हुँदैन : अध्यक्ष वाग्ले

तनहुँ— प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले कांग्रेसले बीपीको सिद्धान्त छाड्न नहुने बताएका छन् ।

११०औं बीपी जयन्तीको अवसरमा प्रजातान्त्रिक विचार समाज तनहुँले शनिबार दमौलीमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले बीपी कोइरालाले देखाएको बाटोमा हिँड्नुपर्ने बताए ।

बीपी विचार समाज आदर्श पुरुष भएको बताउँदै वाग्लेले बीपीको नाम बेचेर पार्टीलाई धारासायी बनाउने काम भएकामा चिन्ता व्यक्त गरे ।

उनले गुट र उपगुटले गर्दा पार्टी कमजोर भएकाले पार्टीलाई बलियो बनाउनेतर्फ समाजले भूमिका खेल्ने बताए ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १९:२४
Weather Update