शिक्षा दिवसमा विद्यालय कर्मचारीहरू पुरस्कृत हुँदै

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले प्रत्येक प्रदेशको (७ प्रदेश) सामाजिक विकास मन्त्रालयको सिफारिसमा विद्यालय कर्मचारीहरू पुरस्कृत हुने अवसर प्राप्त भएको बताएका छन् ।
अध्यक्ष तिवारीले शिक्षा दिवस २०८० को अवसरमा पुरस्कृत हुने अवसर प्राप्त भएको हुँदा शिक्षा मन्त्रालयको वेब साइटमा गएर निर्देशिका बमोजिमको कार्य गर्न निर्देशन दिएका छन् ।
थप जानकारीका लागि विद्यालय कर्मचारी परिषद् प्रदेश अध्यक्षलाई सम्पर्क गर्न तिवारीले आग्रह गरेका छन् ।
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८० १७:१३













