News Griha :: न्यूजगृह
ओलीले सम्झिए तीजमा कांग्रेस कार्यकर्ताले महिला दिदीबहिनी कुटपिट गरेको घटना

काठमाडौं—  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँ बसेको , रमाएको देखेर मन पोल्नेहरूका कारण साम्प्रदायिक सद्भाव कायम राख्न समस्या हुने गरेको बताएका छन् ।  

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले चाडको अर्थ सामाजिक सद्भाव कायम गर्नु भएकाले सबै जातजाति एकै ठाउँ बसेको रमाएको देखेर मन पोल्नेहरूले चाडपर्वको महत्व नबुझ्ने टिप्पणी गरे । 

ओलीले भने, ‘फेरी पनि भन्न सकिँदैन यस्ता चाडपर्व मन नपराउने, एकता, सबै जातजाति एकै ठाउँ बसेको मन नपराउनेहरू । झगडा गरेर मारामार गर्नुपर्ने कहाँ एकै ठाउँमा बसेर रमाएको देखेर मन भत भत पोल्नेहरू छन् । चाडको अर्थतन्त्र त्यस्ता सोचहरू ठ्याम्मै मिल्दैन । किन कि चाडको अर्थ सामाजिक सद्भाव कायम गर्नु हो ।’

ओलीले २०४८ सालमा तीजको बेला कार्यक्रम गर्दा अर्घाखाँचीमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले महिला दिदी बहिनीहरूलाई कुटपिट गरेर आतङ्क मच्चाएको घट्ना स्मरण गर्दै उनले अझै पनि मानिसहरूको सोच परिवर्तन हुन नसकेको बताए ।

 उनले हरेक चाडका पछाडि विशेष अर्थ र महत्व रहेको भन्दै  चाडपर्वले  सामाजिक व्यवस्थालाई अझ राम्रो बनाउने बताए । 

 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १६:४०
Weather Update