ललितपुरमा मोटरसाइकल दुर्घटना, २ युवकको मृत्युमंगलबार, कात्तिक २८, २०८०

जुवाखालबाट पूर्वजर्नेलसहित ८ जना पक्राउ मंगलबार, कात्तिक २८, २०८० मंगलबार प्रहरीले चलाएको विशेष अपरेशनमा पूर्वउच्चसैनिक अधिकृतसहित ललितपुरका केही व्यवसायीहरु पक्राउ परेको प्रहरी स्रोतले बतायो । अनुसन्धान अधिकृतहरूका अनुसार, ती पूर्वउपरथीले पछिल्ला समय नियमित रुपमा जुवा खेल्दै खेलाउँदै आएका थिए ।

भाइटीकाको दिन मौसम सफा रहने मंगलबार, कात्तिक २८, २०८० हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि वर्षा गराउने प्रणाली विकास गराउन नसक्ने मानन्धरको भनाइ छ । सङ्घीय राजधानी काठमाडौँमा अबको दुई दिन मौसम सामान्यतया सफा रहनेछ । उपत्यका आसपासका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा मौसम सफा रहनेछ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भोलि...

काठमाडौंबाट 'हाईप्रोफाइल' जुवाडे पक्राउ, छुटाउन गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको दबाब मंगलबार, कात्तिक २८, २०८० कौडा खेलिरहेका २२ जना 'हाईप्रोफाइल' व्यक्तिहरू काठमाडौंबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गैरआवासीय नेपाली सङ्घमा आबद्ध २ जना अभियन्तासमेत छन् । यस्तै, नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका छन् ।

रेलले किचेर मृत्यु भएकाको पहिचान खुल्यो मंगलबार, कात्तिक २८, २०८० मृत्यु हुनेमा भारत बिहार राज्यको मधुवनी जिल्लाको जयनगर बेल्ही बस्ने वर्ष ६० का विन्देश्वर दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

रेलले किचेर धनुषामा एक जनाको मृत्यु मंगलबार, कात्तिक २८, २०८० धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक अन्दाजी ५० वर्षीय पुरुषको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रेल मंगलबार बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो ।

जाजरकोट भूकम्पका ४८ घाइते उपचारपछि घर फर्किए मंगलबार, कात्तिक २८, २०८० 'सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अव भेरीमा शल्यक्रिया गरिएका छ बिरामीमात्रै हुनुहुन्छ,' उनले भने, 'उहाँहरूको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।' भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो । बिरामी निको भएर...

नेपाल सम्वत् ११४४ र म्हः पूजा आज मनाइँदै मंगलबार, कात्तिक २८, २०८० राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल सम्वत्को सुरुआत गराएका थिए । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए ।

तिहारको चौथो दिन : आज गोवर्धन पूजा मंगलबार, कात्तिक २८, २०८० कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्धन पर्वत मानी पूजा गरिन्छ ।

यी प्रदेशमा हिमपातको सम्भावना मंगलबार, कात्तिक २८, २०८० जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।

उर्लाबारी आगलागी : १४ जनालाई उपचारका लागि सेनाको स्काइ ट्रकबाट काठमाडौं ल्याइयो सोमबार, कात्तिक २७, २०८० मोरङको उर्लाबारीमा गएराति भएको आगलागीमा घाइते भएका १४ जनालाई थप उपचारका लागि सोमबार नेपाली सेनाको स्काइ ट्रक जहाजबाट काठमाडौं ल्याइएको छ । आगलागीमा परी ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । गम्भीर घाइते १४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

करेन्ट लागेर तीन जनाको मृत्यु सोमबार, कात्तिक २७, २०८० धादिङको नेत्रावती गाउँपालिका- ४ चमैकोट बस्ने ४५ वर्षीया निर्मला तामाङको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । बाटोमा हिँडिरहेको अवस्थामा मेन लाइन तार चुँडिएर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर दुर्घटनामा एकको मृत्यु सोमबार, कात्तिक २७, २०८० माइतीघर मण्डलबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको बा ५७ प ७३५९ नम्बरको स्कुटर दक्षिण गेट नजिक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।









