आजको फलफूल तथा तरकारीको मूल्य [सूचीसहित]बिहीबार, कात्तिक ३०, २०८०

दुर्घटनामा दुईजनाको मृत्यु बिहीबार, कात्तिक ३०, २०८० सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गएराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

चिसो बढ्यो, सतर्क रहन विभागको आग्रह बिहीबार, कात्तिक ३०, २०८० विभागले आज बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको जनाएको छ । दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

मुस्लिम समुदायका अगुवाले भाइटीका लगाएर मनाए तिहार बुधबार, कात्तिक २९, २०८० बाँकेको नेपालगञ्जमा तिहारको दिन मुस्लिम समुदायका अगुवाले आफूले मानेको दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मानेका छन् । बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले हिन्दु धर्मलाई अनुशरण गर्ने दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका हुन् ।

लगाइयो भाइटीका, सकियो तिहार बुधबार, कात्तिक २९, २०८० यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

अञ्जली दिदीले लगाइदिइन् २०० जनालाई भाइटीका बुधबार, कात्तिक २९, २०८० २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी अञ्जली दिदीले बुधबार करिब दुई सय जना दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिइन् ।

जनकपुरधाममा छठको तयारी बुधबार, कात्तिक २९, २०८० दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी शुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेष रूपमा श्रृङ्गार्न थालिएको छ ।

लगाइयो शुभ साइतको भाइटीका बुधबार, कात्तिक २९, २०८० नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज बुधबार शुभ साइतको भाइटीका लगाइएको छ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएका हुन् ।

बालगोपालेश्वरमा भाइटीका लगाउनेहरूको घुइँचो बुधबार, कात्तिक २९, २०८० काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने र लगाइदिने क्रम जारी छ । दिदीबहिनी नभएकाहरू बालगोपालेश्वर मन्दिरमा पूजा गर्ने र टीका ग्रहण गर्ने चलन छ । रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर तिहारको भाइटीकाको दिनमात्र खुल्ने गर्दछ । मन्दिरमा पूजा गर्ने र टीकाको व्यवस्थापन काठमाडौं महानगरपालिकाले मिलाएको छ ।

बोरा गोदाममा आगलागी, ४० लाखको क्षति बुधबार, कात्तिक २९, २०८० नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके ट्रेडिङको बोरा गोदाममा गएराति आगलागी भएको हो । राति करिब १२ बजेतिर लागेको आगो बुधबार बिहानमात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते बुधबार, कात्तिक २९, २०८० उनीहरूमाथि तीन राउन्ड गोली प्रहार गरेर पुनः पक्राउ गरिएको डीएसपी गिरीले बताए । शक्तिको साथबाट १ थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने ४ राउन्ड गोली समेत बरामद भएको प्रहरीको दाबी छ ।

आज भाइटीका, १०:५१ बजे शुभ साइत बुधबार, कात्तिक २९, २०८० नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन बुधबार भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।

भाइटीकाको दिन मौसम कस्तो रहला? बुधबार, कात्तिक २९, २०८० भाइटीकाका दिन आज पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथाहिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


![आजको फलफूल तथा तरकारीको मूल्य [सूचीसहित]](https://newsgriha.com/uploads/posts/600X450/tarakari bake1689477799.jpg)






