News Griha :: न्यूजगृह
भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा मृत्यु
भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा मृत्यु बागलुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज (शुक्रबार) मृत्यु भएको हो । 
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत...
काठमाडौंबाट दाङ जाँदै गरेको बस रुपन्देहीमा दुर्घटना, २० जना घाइते
काठमाडौंबाट दाङ जाँदै गरेको बस रुपन्देहीमा दुर्घटना, २० जना घाइते बाप्र०३–००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३/४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता मनोहरप्रसाद भट्टले जानकारी दिए ।
यी तीन प्रदेशको पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
यी तीन प्रदेशको पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना जसको प्रभावले हाल  देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।
तिहारमा जुवातास खेल्ने १६५ जना काठमाडौंबाट पक्राउ, ३५ लाख बरामद
तिहारमा जुवातास खेल्ने १६५ जना काठमाडौंबाट पक्राउ, ३५ लाख बरामद यही कात्तिक ११ गतेदेखि बिहीबार बिहानसम्म काठमाडौंका १३, ललितपुरका ४ र भक्तपुरका २ स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ६९ बुक तास, २० हजारको एक थान चेकसमेत बरामद गरेको छ ।
जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ नुवाकोटको बिदुर नगरपालिका-२ स्थित नर्थ भ्यू होटलमा कौडा खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिदुर नगरपालिका-५ बस्ने ३६ वर्षीय रबिन्द्र आचार्यसहित २१ जना छन् ।
जुवा खालबाट पक्राउ परेका पूर्वउपरथी सहित ८ जनालाई शुक्रबार जिल्ला प्रशासन लगिने 
जुवा खालबाट पक्राउ परेका पूर्वउपरथी सहित ८ जनालाई शुक्रबार जिल्ला प्रशासन लगिने  मंगलबार हात्तीवनस्थित क्लासिक टावर ब्लक 'ए' को १६ औं तलाबाट नेपाली सेनाका पूर्वउपरथी होम लावतीसहित ८ जनालाई पक्राउ गरेको थियो । अन्य भने व्यवसायी हुन् । 
दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना
दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जीप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको जीप नौगाड–३ बगडस्थित जामिरमा बिहीबार दिउँसो दुर्घटनामा परेको थियो ।
तिहारमा मुलुकभर आपराधिक घटना सामान्य, सडक दुर्घटना बढे 
तिहारमा मुलुकभर आपराधिक घटना सामान्य, सडक दुर्घटना बढे  नेपाल प्रहरीले तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ  । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन् तर सडक दुर्घटना भने केही बढेका छन् ।
बाँकेमा एकाबिहानै युवकमाथि खुकुरी प्रहार
बाँकेमा एकाबिहानै युवकमाथि खुकुरी प्रहार बिकलाई बिहीबार बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनलाई घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।  
सिन्धुली कारागारका एक जना थुनुवाको मृत्यु
सिन्धुली कारागारका एक जना थुनुवाको मृत्यु दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिए । बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएको प्रवक्ता दाहालले बताए ।
मोटरसाइकल दुर्घटनामा भलिबल खेलाडी सन्तोषको मृत्यु  
मोटरसाइकल दुर्घटनामा भलिबल खेलाडी सन्तोषको मृत्यु   उनले एपीएफ क्लबबाट भलिबल खेल्दै आएका थिए । स्याङजा चापाकोट–२ धुर्कोटमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा थापाको मृत्यु भएको हो । २२ वर्षका उनले चलाएको मोटरसाइकल चापाको- ८ दुर्दाङमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 
Weather Update