News Griha :: न्यूजगृह
काठमाडौंबाट दाङ जाँदै गरेको बस रुपन्देहीमा दुर्घटना, २० जना घाइते

काठमाडौं— काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ ।

बाप्र०३–००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३/४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता मनोहरप्रसाद भट्टले जानकारी दिए ।

घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ०७:५९
Weather Update