News Griha :: न्यूजगृह
तिहारमा मुलुकभर आपराधिक घटना सामान्य, सडक दुर्घटना बढे 

काठमाडौं— नेपाल प्रहरीले तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ  । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन् तर सडक दुर्घटना भने केही बढेका छन् ।

'समग्रमा तिहारभर आपराधिक घटना सन्तोषजनक रह्यो । छिटफुट घटना भए पनि विगतका जस्तो ठूलो ‘ग्याङ फाइट’ भएको छैन । सडक दुर्घटना चाँहि केही बढेको अनुमान गरिएको छ, केही दिनभित्रै त्यसको यकिन तथ्याङ्क सार्वजनिक गरिनेछ,' उनले भने । 

तिहारको समयमा देशभर सडक दुर्घटना बढेको प्रहरीको अनुमान छ । दीपावलीमा केही ठूला आगलागीका घटना पनि भएका छन् । विगतका वर्षमा भन्दा यसवर्ष बढी जुवा तास खेल्ने पक्राउ परेका छन् ।

 प्रवक्ता कडायतले तिहार आजसम्मै भएको र देशभरबाट तथ्याङ्क सङ्कलनको कार्य भइरहेकाले एक/दुई दिनभित्रै तिहारको घटनाको विवरण आउने बताए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १३:४९
Weather Update