News Griha :: न्यूजगृह
जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

काठमाडौं— नुवाकोट र सल्यानबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ गरेको छ ।

नुवाकोटको बिदुर नगरपालिका-२ स्थित नर्थ भ्यू होटलमा कौडा खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिदुर नगरपालिका-५ बस्ने ३६ वर्षीय रबिन्द्र आचार्यसहित २१ जना छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ६ लाख ५२ हजार १ सय ९२ रुपैयाँसहित पक्राउ गरेको हो । यस्तै, सल्यानको कालिमाटी गाउँपालिका-२ झिगाने बस्ने नारायण वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई बिहीबार बिहान पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख ३४ हजार रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा कालिमाटीका ४६ वर्षीय देबबहादुर बुढामगर लगायत छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १७:२३
Weather Update