News Griha :: न्यूजगृह
भूकम्पपीडितका लागि उठ्यो १५ करोड, कसले कति दिए ? [सूचीसहित]
भूकम्पपीडितका लागि उठ्यो १५ करोड, कसले कति दिए ? [सूचीसहित] प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार यो ब्याङ्कहरूबाट मंसिर १ गतेसम्म प्राप्त सहयोग रकमको सूची हो। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । 
ट्याक्सीमा छुटेको ७ तोला सुन र ४ तोला चाँदीका गहना धनीलाई हस्तान्तरण
ट्याक्सीमा छुटेको ७ तोला सुन र ४ तोला चाँदीका गहना धनीलाई हस्तान्तरण ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहनासहितको झोला खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाका प्रहरी निरीक्षक विशाल सिंहले धनीलाई हस्तान्तरण गरेका हुन् । जडिबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा २ ज ३४ ५३ नम्बरको ट्याक्सीमा करिब ७ तोला बराबरको सुन र ४ तोलाका चाँदीका गहना भएको झोला छुटेको भनी रामेछापकी...
छठ पर्व : साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने
छठ पर्व : साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको तेस्रो दिन आज साँझ तराई मधेसको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग, सर्लाही, रौतहट, बारा, पर्सा र भारतको दरभंगा, मधुबनी, सीतामढीलगायत मिथिलाञ्चलभरिको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पन गर्दै धुमधामका साथ छठ पर्व मनाइँदै छ ।  
छठको पूजा गर्न तीन सय घाट निर्माण
छठको पूजा गर्न तीन सय घाट निर्माण मैथिली सेवा समितिको आयोजनामा संस्थागत रूपमा मनाइँदै आएको छठमा गतवर्षभन्दा यसवर्ष घाट निर्माणमा वृद्धि भएको छ । गतवर्ष यहाँ दुई सय ४० वटा मात्र पण्डालसहितको घाट निर्माण गरिएका थिए । 
जाजरकोटमा चिसोले थप तीन भूकम्पपीडितको मृत्यु 
जाजरकोटमा चिसोले थप तीन भूकम्पपीडितको मृत्यु  भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका-४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका-१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका-१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो ।
अझैपनि टिकटकमा पहुँच पुगिरहेको भए जानकारी गराउन प्राधिकरणको आग्रह
अझैपनि टिकटकमा पहुँच पुगिरहेको भए जानकारी गराउन प्राधिकरणको आग्रह आइतबार सूचना प्रकाशित गर्दै प्राधिकरणले टिकटक प्रयोगमा रोक लगाउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको अवस्थामा अझै पनि कुनै इन्टरनेट र मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट टिकटक चलिरहेको भए खबर गर्न आग्रह गरेको हो ।
चक्कु प्रहार गरेको आरोपमा ३ जना पक्राउ
चक्कु प्रहार गरेको आरोपमा ३ जना पक्राउ दाङमा एक पुरूषलाई चक्कु प्रहार गरेको आरोपमा तीन युवक पक्राउ परेका छन् ।
सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै
सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छठका लागि तराईका नदी, खोला, पोखरी  सिँगारिएका छन् । काठमाडौंको गुहेश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।
सोमबार लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक बिदा
सोमबार लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक बिदा सरकारले छठ पर्वको समापनको अवसरमा ती जिल्लामा  सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नवलपरासी, रूपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
गैँडा मारेको घटना छानविन गर्न समिति गठन
गैँडा मारेको घटना छानविन गर्न समिति गठन मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी शुक्रबार समिति बनाएको हो । समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत छन् ।
प्यूठानमा आमाछोरा मृत फेला
प्यूठानमा आमाछोरा मृत फेला त्यसैगरी हराइरहेका उनका ३ वर्षीय छोरा मुस्कानपनि शनिबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक ईश्वर थापामगरले जानकारी दिए । उनीहरु दुवैजना कात्तिक २७ गतेदेखि हराइरहेका थिए ।
बैतडीमा जीप दुर्घटना, १ जनाको मृत्यु
बैतडीमा जीप दुर्घटना, १ जनाको मृत्यु दोगडाकेदारमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार–३ गाउँपालिका–८ कालागाउँका ३५ वर्षीय अम्मर विष्ट रहेका खोचलेक प्रहरीचौकीका इञ्चार्ज नवलसिंह भाटले जानकारी दिए । विष्टको घटनास्थलमै मृत्यु भएको हो ।
Weather Update