News Griha :: न्यूजगृह
चक्कु प्रहार गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं— दाङमा एक पुरूषलाई चक्कु प्रहार गरेको आरोपमा तीन युवक पक्राउ परेका छन् ।

गत कात्तिक ३० गते राति घोराही उपमहानगरपालिका १५ गोर्खा हस्पिटल नजिकै हिँडिरहेका सोही वडाका २१ वर्षीय कृतिक रोका मगरमाथि चक्कु प्रहार भएको थियो ।

पछाडिबाट ढाडमा गरिएको चक्कु प्रहारबाट गम्भीर घाइते रोकालाई उद्धार गरी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो  । त्यहाँ उपचार सम्भव नभएपछि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो। 

घाइते रोकालाई कोहलपुर मेडिकल कलेजले ललितपुरस्थित मेडिसिटी हस्पिटलमा थप उपचारका लागि रेफर गरेको छ । हाल उनको मेडिसिटीमा उपचार जारी छ ।

रोकामाथि चक्कु प्रहार गरेको आरोपमा घोराही-९ का २४ वर्षीय शैलेश शाह, घोराही-१८ का मिस्चल बुढा मगर र घोराही-१५ का २५ वर्षीय निश्चल श्रेष्ठलाई शुक्रबार दिउँसो नियन्त्रणमा लिएको जिल्ला सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा मगरले बताए  ।

 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०७:३५
Weather Update