News Griha :: न्यूजगृह
गाजामा राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा आक्रमण

काठमाडौं— संयुक्त राष्ट्रसंघद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको राष्ट्रसंघले शनिबार पुष्टि गरेको छ । 

राष्ट्रसंघका एक शीर्ष अधिकारीले यसलाई ‘डरलाग्दो’ घटनाका रूपमा वर्णन गरेको सिएनएनले बताएको छ । 

विस्थापितहरूका लागि आश्रयस्थलका रूपमा प्रयोग भइरहेको जबल्याको अल–फखौरा विद्यालयको भिडिओमा दुई तले भवनको दोस्रो तलामा एउटा कोठामा रगतले लतपतिएका शवहरू देखाइएको थियो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । 

भिडिओमा एउटा कोठामा करिब एक दर्जन शव भुइँमा धुलोले ढाकिएको देखिन्छ । त्यस्तै डेस्कहरू छरिएका र क्षतिग्रस्त भएका छन्, कोठाको एउटा भित्तामा एउटा प्वाल देख्न सकिन्छ । सिएनएनका अनुसार भवनको छाना (धातुको) च्यातिएको र जमिनमा भग्नावशेष देख्न सकिन्छ । 

राष्ट्रसङ्घको राहत तथा कार्य निकाय (युएनआरडब्लुए)का प्रवक्ता जुलिएट टौमाले घटनाको पुष्टि गर्दै मृतकको सङ्ख्या अस्पष्ट रहेको र जानकारी आउन बाँकी रहेको बताए । उनले घटना के कारणले भएको हो वा यसको जिम्मेबार को हो भन्नेबारे पुष्टि गर्न सकेनन् । 

युएनआरडब्लुएले प्यालेस्टिनी शरणार्थी शिविरहरूमा विद्यालयहरू सञ्चालन गर्नुका साथै गाजामा राष्ट्रसंघको प्रमुख राहत एजेन्सीका रूपमा काम गर्दछ । 

सामाजिक सञ्जाल एक्समा तस्बिरहरूलाई ‘डरलाग्दो’ भन्दै युएनआरडब्लुए प्रमुख फिलिप लेजारिनले घटनाको समयमा हजारौँ विस्थापितले त्यहाँ आश्रय लिइरहेको बताए । 

सिएनएनका अनुसार इजराइली सेनाले घटनाको समीक्षा गरिरहेको छ तर कुनै प्रतिक्रिया जनाएको छैन । 

इजिप्ट र कतारले उक्त घटनाका लागि पहिले नै इजराइलको सैन्य कारबाहीलाई दोष दिएका छन् । इजिप्टको विदेश मन्त्रालयले उक्त घटनालाई ‘बमबारी’ भन्दै यो गाजामा सर्वसाधारणविरुद्ध इजराइली उल्लंघनहरूको शृङ्खलामा नयाँ भएको बताएको छ ।

सिएनएनका अनुसार कतारले राष्ट्रसंघको स्वतन्त्र अनुसन्धानकर्ताहरूलाई गाजा गएर अनुसन्धान गर्न आह्वान गरेको छ । 

युएनआरडब्लुएले उत्तरी गाजामा रहेको आफ्ना विद्यालयमा २४ घन्टामा यो दोस्रो आक्रमण भएको जनाएको छ । 

जैतुनमा रहेको अर्को विद्यालयमा शुक्रबार आक्रमण भएको थियो । उक्त विद्यालयमा चार हजार मानिसले शरण लिइरहेका थिए । एजेन्सीको सहयोगमा 
 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १४:१९
Weather Update