News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
अझैपनि टिकटकमा पहुँच पुगिरहेको भए जानकारी गराउन प्राधिकरणको आग्रह

काठमाडौं— नेपाल दूरसञ्चार प्राधिकरणले अझैपनि टिकटकमा पहुँच पुगिरहेको भए त्यसबारे जानकारी गराउन अनुरोध गरेको छ ।

आइतबार सूचना प्रकाशित गर्दै प्राधिकरणले टिकटक प्रयोगमा रोक लगाउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको अवस्थामा अझै पनि कुनै इन्टरनेट र मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट टिकटक चलिरहेको भए खबर गर्न आग्रह गरेको हो ।

Prabhu Bank

प्राधिकरणको इमेल ठेगानामा इमेल गरी त्यस्ता कम्पनीका बारेमा जानकारी गराउन इन्टरनेट सेवाग्राहीलाई दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८०/०७/२७ गतेको बैठकले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्ष निकाल्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०७:५०
Weather Update