सोमबार लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक बिदा

काठमाडौं— सोमबार लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।
सरकारले छठ पर्वको समापनको अवसरमा ती जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नवलपरासी, रूपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २, २०८० २०:०६













