News Griha :: न्यूजगृह
प्यूठानमा आमाछोरा मृत फेला

प्यूठान— प्यूठानको नौबहिनी गाउँपालिका-३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी हराइरहेका उनका ३ वर्षीय छोरा मुस्कानपनि शनिबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक ईश्वर थापामगरले जानकारी दिए । उनीहरु दुवैजना कात्तिक २७ गतेदेखि हराइरहेका थिए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख थापामगर नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको छ । घरदेखि झण्डै १५० मिटर नजिकको भीरमा आमाछोराको शव फेला परेको प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार आमाको शव भेटिएको देखि ४० मिटर टाढा छोराको शव भेटिएको छ ।

उनीहरु हराएको खबर प्रहरीले छिमेकीहरूबाट पाएको थियो । शव भेटिएको खबर पनि प्रहरीलाई स्थानीय बासिन्दाले नै दिएका थिए । घटनाको अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १८:५२
Weather Update