बाँकेमा एकाबिहानै युवकमाथि खुकुरी प्रहार

बाँके— बाँकेको कोहलपुरमा धारिलो हतियार (खुकुरी) प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर बिक घाइते भएका हुन् ।
बिकलाई बिहीबार बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनलाई घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।
घाइते बिकको नेपालगञ्जस्थित नर्सिङहोममा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । हतियार प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८० ११:३३













