News Griha :: न्यूजगृह
मोटरसाइकल दुर्घटनामा भलिबल खेलाडी सन्तोषको मृत्यु  

काठमाडौं— भलिबल खेलाडी सन्तोषबहादुर थापा मगरको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

उनले एपीएफ क्लबबाट भलिबल खेल्दै आएका थिए । स्याङजा चापाकोट–२ धुर्कोटमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा थापाको मृत्यु भएको हो । २२ वर्षका उनले चलाएको मोटरसाइकल चापाको- ८ दुर्दाङमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

एपीएफ क्लबबाट एनभीए, लामाचौर र किङ्स कप खेलेका उनले गत वर्ष नवौँ राष्ट्रिय खेलकुद तथा टाइगर कप भलिबलको तीन वटै संस्करण गण्डकी प्रदेशबाट खेलेका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  ०९:४४
Weather Update