News Griha :: न्यूजगृह
बालगोपालेश्वरमा भाइटीका लगाउनेहरूको घुइँचो
तस्बिरः नवीन पौडेल/रासस

काठमाडौं— काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने र लगाइदिने क्रम जारी छ ।

दिदीबहिनी नभएकाहरू बालगोपालेश्वर मन्दिरमा पूजा गर्ने र टीका ग्रहण गर्ने चलन छ । रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर तिहारको भाइटीकाको दिनमात्र खुल्ने गर्दछ । मन्दिरमा पूजा गर्ने र टीकाको व्यवस्थापन काठमाडौं महानगरपालिकाले मिलाएको छ ।

भाइटीकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा रहे पनि बालगोपालेश्वर मन्दिर भने बिहानैदेखि खुलेको छ । आज बिहानदेखि बेलुकीसम्मै मन्दिर खुला रहने काठमाडौं महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

२०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर ०७७ सालमा पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला हुँदै आएको छ ।

bhai-tika-1-1700026016.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  ११:१८
Weather Update