News Griha :: न्यूजगृह
खुकुरी प्रहार गरी युवकको हत्या
खुकुरी प्रहार गरी युवकको हत्या बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो । 
लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा भक्तपुरमा एक वृद्धाको मृत्यु
लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा भक्तपुरमा एक वृद्धाको मृत्यु मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीकी ८३ वर्षीया सावित्रीदेवी दाहालको आफ्नै घरमा पूजा गर्ने क्रममा आगलागी भई मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
हुम्लाबाट नेपालगञ्ज उड्न ठिक्क परेको नेपाल एअरलाइन्सको हवाईजहाजमा समस्या
हुम्लाबाट नेपालगञ्ज उड्न ठिक्क परेको नेपाल एअरलाइन्सको हवाईजहाजमा समस्या नेपाल एअरलाइन्सको नाइन एन-एबीयू कलसाइनको हवाई जहाज सोमबार बिहान आठ बजे नेपालगञ्जबाट सिमकोट गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा थियो । हवाई जहाजमा यात्रुहरू चढिसकेका थिए । तर प्राविधिक समस्या देखिएको भन्दै उनीहरूलाई ओरालिएको छ ।
लक्ष्मीपूजा गरेको दियोबाट आगो सल्किँदा एक घर जलेर नष्ट
लक्ष्मीपूजा गरेको दियोबाट आगो सल्किँदा एक घर जलेर नष्ट सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले दिएको जानकारी आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा, खाद्यान्न, नगद ३१ हजार र घर परिसरमा पार्किङ गरी राखिएको एक अटो जलेका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन । 
पटाका पड्काउँदा इनरुवामा घर जल्यो, ५० लाखको क्षति
पटाका पड्काउँदा इनरुवामा घर जल्यो, ५० लाखको क्षति सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटाका जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
आगलागीमा परी मोरङमा ४ प्रहरीसहित २८ जना घाइते
आगलागीमा परी मोरङमा ४ प्रहरीसहित २८ जना घाइते लक्ष्मी पूजाका दिन मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरी र २४ जना सर्वसाधारणसमेत २८ जना घाइते भएका छन् ।प्रहरीतर्फ एकजना असई, एक जना हबल्दार र दुई जना जवान घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको झापा तथा मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  
कैलालीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
कैलालीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भजनी नगरपालिका-६ को नवलपुरस्थित भित्री सडकखण्डमा आइतबार राति सुपप्र ०१००९प ११२९ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जाजरकोट भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय
जाजरकोट भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय आइतबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावितहरुको लागि अस्थायी आवास बनाउन प्रति परिवार ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको हो ।
यस वर्ष प्रधानमन्त्री निवासमा देउसी–भैलो कार्यक्रम नहुने
यस वर्ष प्रधानमन्त्री निवासमा देउसी–भैलो कार्यक्रम नहुने गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आगलागीमा परी गोरखामा आमाछोराको मृत्यु
आगलागीमा परी गोरखामा आमाछोराको मृत्यु उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिबार राति घरमा आगलागी हुँदा जलेर आमाछोराको मृत्यु भएको छ । ७८ वर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ वर्षका छोरा चनारसिंङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
‘जाजरकोट भूकम्प’ प्रतिकार्यका लागि आईएफआरसीद्वारा आपतकालीन अपिल
‘जाजरकोट भूकम्प’ प्रतिकार्यका लागि आईएफआरसीद्वारा आपतकालीन अपिल रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले जाजरकोट भूकम्प पीडितका लागि राहत तथा प्रतिकार्यका प्रयासलाई अभिवृद्धि गर्न आपतकालीन अपिल जारी गरेको छ ।
तिहार बिदामा पनि सर्वोच्च अदालत खुला
तिहार बिदामा पनि सर्वोच्च अदालत खुला बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सर्वोच्च अदालत तिहार  बिदामा समेत खुला रहने भएको हो ।  सर्वोच्च अदालतले आज (आइतबार)देखि बिहीबारसम्मका लागि न्यायाधीशहरूलाई जिम्मेवारी तोकिएको छ । 
Weather Update