News Griha :: न्यूजगृह
५ एसपी एसएसपीमा बढुवा सिफारिस [नामसहित]
५ एसपी एसएसपीमा बढुवा सिफारिस [नामसहित] गृह मन्त्रालयले ५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
अनिवार्य अवकाशअघि नै एसएसपी लुइँटेलले दिए राजीनामा
अनिवार्य अवकाशअघि नै एसएसपी लुइँटेलले दिए राजीनामा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत लुइँटेल मंसिर ६ गते अनिवार्य अवकाशमा जाँदै थिए । तर, उनले अवकाशको १५ दिनअघि नै राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृतसमेत भइसकेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले बताए । 
त्रिविको उपकुलपति सिफारिसका लागि समिति गठन
त्रिविको उपकुलपति सिफारिसका लागि समिति गठन प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेको समिति गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तिहारमा मौसम सफा रहने
तिहारमा मौसम सफा रहने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार शुक्रबार र शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा बदली रही वर्षाको सम्भावना रहेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उनले बताए ।
शृंखलाबद्ध लुटपाटमा संलग्न समूह हतियारसहित पक्राउ
शृंखलाबद्ध लुटपाटमा संलग्न समूह हतियारसहित पक्राउ मोरङका विभिन्न स्थानमा हतियार देखाएर धम्क्याउँदै शृंखलाबद्ध लुटपाटको घटनामा संलग्न समूहलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौमा मोरङको विभिन्न स्थानमा भएका धनमाल लुटका घटनामा संलग्न समूहका ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरमा राति १ बजेसम्म देउसी भैलो खेल्न बालेनको अनुरोध
काठमाडौं महानगरमा राति १ बजेसम्म देउसी भैलो खेल्न बालेनको अनुरोध महानगरपालिकाभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । विगतका वर्षहरूमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने व्यवस्था गरिएको थियो । तर, यो वर्ष राति १ बजेसम्म खेल्न पाइने महानगरले जनाएको छ ।
मुगु सामूहिक हत्या प्रकरण  : थप एक पक्राउ
मुगु सामूहिक हत्या प्रकरण  : थप एक पक्राउ उनीहरूलाई शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि प्रहरीले  गोरखबहादुर शाहीलाई पक्राउ गरेको थियो । पक्राउ परेका अर्काको परिचय भने प्रहरीले खुलाएको छैन । 
भूकम्पमा घाइते भएका नगर प्रहरीको मृत्यु
भूकम्पमा घाइते भएका नगर प्रहरीको मृत्यु जिल्ला प्रहरी कार्यालय का प्रहरी नायब उपरीक्षक नवराज भट्टराईका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत विष्टको मृत्यु भएको हो । उनी चौरजहारी नगरपालिकामा नगर प्रहरी पदमा कार्यरत थिए ।
काठमाडौं महानगरले माग्यो करार कर्मचारी 
काठमाडौं महानगरले माग्यो करार कर्मचारी  फुड टेक्नोलोजिस्ट, माइक्रो बायोलोजिस्ट, मेडिकल अधिकृत गरी ३२ जनाका लागि  महानगरले आवेदन आव्हान गरेको हो । योग्यता पुगेका उम्मेदवारले मङ्सिर २३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला
एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो । शैक्षिक सत्र २०८१ मा एसईई परीक्षामा समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो। मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ । 
प्रधानमन्त्री जलवायु सम्मेलनमा भाग लिन यूएई जाने
प्रधानमन्त्री जलवायु सम्मेलनमा भाग लिन यूएई जाने आगामी मंसिर १४ देखि २६ गतेसम्म हुने सम्मेलनमा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सहभागिता जनाउने भएको छ । वन तथा वातावरण मन्त्रालयले उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितालाई प्रभावकारी बनाउन तयारी थालेको बताएको छ ।
मौसम : आंशिक बदलीदेखि वर्षा र हिमपातको सम्भावना 
मौसम : आंशिक बदलीदेखि वर्षा र हिमपातको सम्भावना  देशका केही भू–भागमा शुक्रबार वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम आंशिक बदलीदखि सामान्यतया सफा रहेको छ ।
Weather Update