ललितपुरमा मोटरसाइकल दुर्घटना, २ युवकको मृत्यु

काठमाडौं— मंगलबार ललितपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका वडा नम्बर १०, तखेल चोकमा मंगलबार साँझ बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । सडक छेउमा रहेको रूखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा करिब २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझी छन् । प्रहरीका अनुसार दुवै सिन्धुलीको मरिण गाउँपालिकाका हुन् ।
उनीहरूलाई उपचार लागि लगनखेलस्थित पाटन अस्पताल लगिएकोमा त्यहीँ मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८० २२:२२













