News Griha :: न्यूजगृह
यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं— देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।

विभागले दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । 

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा  आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । 

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  ०६:२७
Weather Update