रेलले किचेर धनुषामा एक जनाको मृत्यु

जनकपुरधाम— जनकपुर-जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ ।
धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक अन्दाजी ५० वर्षीय पुरुषको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रेल मंगलबार बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८० ११:०८













