पहिचान खुलाउन खोज्नेविरुद्ध 'गौशाला २६'ले दिइन साइबर ब्युरोमा जाहेरीबिहीबार, पुस २६, २०८०

सन्दीपबाट बलात्कृत गौशाला २६ भन्दै पहिचान खुलाउने रास्वपा कार्यकर्ता निलम्बित बिहीबार, पुस २६, २०८० बलात्कारी सन्दीप लामिछानेबाट पीडित गौशाला २६ भन्दै सामाजिक सञ्जालमा युवतीको तस्बिर सार्वजनिक गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक जना कार्यकर्ता निलम्बनमा परेका छन् ।रास्वपाले चितवनका दिवस सापकोटालाई निलम्बन गरेको हो। बिहीबार दिउँसो एक सूचना जारी गर्दै रास्वपाले उनलाई निलम्बन गरेको उल्लेख गरेको छ । सापकोटा रास्वपाको प्रवास नेपाली...

हत्या र यौन हिंसाका आरोपित बम्जनविरुद्ध सर्लाही अदालतमा सुनुवाइ जारी बिहीबार, पुस २६, २०८० हत्या र यौन हिंसाका आरोपित रामबहादुर बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएकाले उनलाई बिहीबार अदालतमा उपस्थित गराइएको हो। जिल्ला न्यायाधीश विष्णु रेग्मीको इजलासमा बम्जनविरुद्ध थुनछेक बहस जारी छ ।

वीर अस्पतालको सेवा गुणस्तरीय र सुलभ बनाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, पुस २६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् । बुधबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीसँग छलफलमा गर्दै प्रधानमन्त्री दाहालले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको...

बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराइयो बिहीबार, पुस २६, २०८० अनुयायीलाई बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाही उपस्थित गराएको छ ।जिल्ला प्रहरी कार्यालयका एसपी प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई बुधबार राति नै सर्लाही ल्याएको थियो ।

चिसो छेक्न बालेको आगो ब्लाङकेटमा सल्किएपछि... बिहीबार, पुस २६, २०८० बुधबार दिउँसो साढे तिन बजे घाइते भएकी उनलाई उपचारका लागि बर्दिया अस्पताल हुँदै नेपालगञ्ज लगिएको थियो । उनको मृत्यु आज बिहान चार बजे भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले बताए ।
1685866485.jpg)
क्यानले गर्यो सन्दीप लामिछानेलाई निलम्बन बिहीबार, पुस २६, २०८० क्यानले विज्ञप्तिमा भनेको छ, 'राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरेको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौँ ।'

अमेरिका पठाइदिन्छु भनेर २३ लाख ठगी गर्ने बेञ्जु पक्राउ बिहीबार, पुस २६, २०८० अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार लिएर फरार भएकी महिलालाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका—६ चपली बस्ने ३४ वर्षीया बेञ्जु महत छिन् ।

कैलालीमा मोटरसाइकल दुर्घटना, श्रीमान्–श्रीमतीको मृत्यु बिहीबार, पुस २६, २०८० कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । बुधबार साँझ ७ बजे मोहन्याल गाउँपालिका–७ को कुइने–चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा भे१३प १०७४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

नक्कली नोटको भिडिओ देखाएर १० मिनेटमा दोब्बर बनाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ बिहीबार, पुस २६, २०८० सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका–५ घर भई काठमाडौं स्वयम्भु बस्दै आएका लामाले पुस १६ गते दाङ तुलसीपुर–५ का सुरेन्द्र वलीलाई १० मिनेटमा पैसा डबल बनाइदिने भन्दै नक्कली नोटको भिडिओ देखाएर ७ लाख रुपैयाँ लगेका थिए । तर १० मिनेटमा दोब्बर पैसा लिएर फर्किन्छु भनेर हिँडेका कुमार फर्किएनन् ।

अपहरित १० वर्षीय बालकको उद्धार, तीनजना पक्राउ बिहीबार, पुस २६, २०८० अपहरणमा परेका १० वर्षीय धनीधर राजवंशीलाई प्रहरीले विराटनगर महानगरपालिका–१५ बाट उद्धार गरेको हो । उनी जहदा–१ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा हुन् ।

तराईमा बाक्लो हुस्सु, हवाई सेवा प्रभावित हुनसक्ने बिहीबार, पुस २६, २०८० हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबार बाक्लो हुस्सुका कारण हवाई सेवा प्रभावित...

एसईई चैत पहिलो हप्ता, यसवर्षदेखि नन ग्रेडिङ लागू हुँदै, सबै विषयमा ३५ ल्याए मात्र पास बुधबार, पुस २५, २०८० यसवर्षदेखि सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । ‘यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदै छ । केही विषयको पुरानो अनुसार हुन्छ । नन ग्रेडिङ लागू हुँदै छ । ३५ प्रतिशत सबै विषयमा ल्याउनै पर्ने भयो,’ उनले भने । यसअघि ग्रेडिङ सिस्टम थियो...









