भोलि र पर्सि सामान्य वर्षाको सम्भावनाआइतबार, पुस २९, २०८०

न्यायाधीश गिरीकी पत्नीले गरिन् सर्वोच्च परिसरमा आत्मदाह प्रयास आइतबार, पुस २९, २०८० न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन् । आइतबार दिउँसो सर्वोच्च पुगेकी ती महिलाले आफैंमाथि मट्टितेल छर्किएकी हुन् ।

१२ जनाको ज्यान जानेगरि दाङमा भएको बस दुर्घटनाको कारण तीव्र गति आइतबार, पुस २९, २०८० नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति तीव्र गतिमा हुइँकिरहेको थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ स्थित भालुबाङ बजार पुग्दा पनि बसको गति नियन्त्रण भएन । पुलतर्फ अघि बढेको बस केहीबेरमै पुलको दायाँतर्फको बार भत्काउँदै राप्ती नदी किनारको नहरमा खस्न पुग्यो । बसमा सवार एक...

यौन सम्बन्धको भिडिओ खिचेर ‘ब्ल्याकमेलिङ’ गर्ने युवक पक्राउ आइतबार, पुस २९, २०८० जोगबनीमा बसेर नेपाली किशोरीसँग अनलाइन सम्पर्क गर्दै अनेक लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । ती युवकबाट शोषणमा परेका अनि ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको उजुरी प्रहरीमा परेको थियो । त्यसपछि उनीमाथि निगरानी गरिरहेको प्रहरीले विराटनगर आएका बेला पक्राउ गरेको हो ।

न्युजिल्याण्डकी पूर्वप्रधानमन्त्री आर्डर्नले गरिन् विवाह आइतबार, पुस २९, २०८० न्युजिल्याण्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्नले शनिबार प्रेमी क्लार्क गेफोर्डसँग विवाह गरेकी छन् । आर्डर्न र गेफोर्डले पाँच वर्षअघि इन्गेजमेन्ट गरेका थिए । सन् २०२२ मा बिहे गर्ने तय भए पनि कोरोना महामारीको बढ्दो सङ्क्रमणका कारण उनीहरूले आफ्नो विवाह स्थगित गरेका थिए ।

आजको मौसम : कोशी र गण्डकी प्रदेशमा हिमपात, तराईमा हुस्सु आइतबार, पुस २९, २०८० हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
![दाङ बस दुर्घटनामा मृत्यु भएका १२ मध्ये ८ जनाको सनाखत [विवरणसहित]](https://newsgriha.com/uploads/posts/520X390/accident-new-1703334746.jpg)
दाङ बस दुर्घटनामा मृत्यु भएका १२ मध्ये ८ जनाको सनाखत [विवरणसहित] शनिबार, पुस २८, २०८० दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ ।बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो । इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार दुर्घटनामा एक महिलासहित १२ जनाको मृत्यु भएको...

डिप्रेसनको उपचारपछि पनि किन आत्महत्या? शनिबार, पुस २८, २०८० डिप्रेसन (अवसाद) बाट ग्रसित व्यक्तिहरूले ४ वर्षको अवधिमा आत्महत्या गरेको एक अध्ययनले देखाएको छ । डिप्रेसनले छोएपछि उपचारबाट केही सुधार भएपनि उनीहरूले आत्महत्या गरेको कोरियन फाउन्डेसन फर सुसाइट प्रिभेन्सनले गरेको अध्ययनले स्पष्ट पारेको छ ।

आजको मौसम : तराईमा हुस्सु र कुहिरो शनिबार, पुस २८, २०८० जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

बझाङ केन्द्रबिन्दु भएर भूकम्प शनिबार, पुस २८, २०८० राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । मापन केन्द्रका अनुसार बझाङको पातलचौर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

दाङको भालुबाङमा बस दुर्घटना, १२ जनाको मृत्यु शनिबार, पुस २८, २०८० भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा १२ जनाको मृत्यु भएको छ । १७ जना घाइते छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

नेपाल मेडिकल कलेजले खुवाउँछ बासी खाना, विद्यार्थीहरूले सुरु गरे धर्ना शुक्रबार, पुस २७, २०८० कलेजमा अध्ययन एमबीबीएस २५/२६ ब्याजका विद्यार्थीहरूले क्यान्टिनमा कम गुणस्तरीय र बासी खाना खुवाएको भन्दै प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले ‘मेसको दादागिरी चल्दैन’, ‘कार्ड सिस्टम लागू गर’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन हुन् ।

मेलम्चीको सुरुङबाट पानी पठाउन थालियो शुक्रबार, पुस २७, २०८० मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी पठाउन थालेको छ ।अहिले टनेल सफा गर्ने प्रयोजनका लागि बाँध रहेको स्थलबाट सुरुङमा पानी पठाइएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।









