दोलखामा सुक्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु, २ घाइतेसोमबार, माघ १, २०८०

भीडमा च्यापिएर टुँडिखेलमा ८ जना घाइते सोमबार, माघ १, २०८० माघेसङ्क्रान्तिको अवसरमा मगर र थारू समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडका क्रममा घाइते हुन पुगेका हुन् ।

अपांगतामैत्री सडक संरचना बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर सोमबार, माघ १, २०८० कानुनमा उल्लेख भए अनुसार अपांगता भएका व्यक्तिहरूको लागि पहुँच योग्य सडक संरचना नभएको र भएको संरचनाले पनि हिँड्डुल गर्न सहज नभएको भन्दै विक्रम पोखरेल, रोशनी अधिकारी, विशाल भट्ट र सुशान्त बिडारीले रिट दर्ता गरेका हुन् । उनीहरू कानुनका विद्यार्थी हुन् ।

बरहथवा घटना : जयशङ्करलाई गोली हान्ने वरिष्ठ हवल्दारलाई सेवाबाट बर्खास्त गर्न सिफारिस सोमबार, माघ १, २०८० सर्लाहीको बरहथवामा पुस २० मा भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव थानेश्वर गौतमले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । गृह मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव गौतम नेतृत्वको समितिले प्रतिवेदन बुझाएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए...

मेलम्ची उद्घाटनमा बालेनको व्यंग्य– 'एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार' सोमबार, माघ १, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेलम्चीको पानी वितरणमा पटकपटक भएको उद्घाटनको विषयमा व्यंग्य गरेका छन् । बालेनले, ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर’ भन्दै व्यंग्य गरेका हुन् ।

इमाडोलमा इनारभित्र खसेकी महिलाको उद्धार, उपचारका लागि पाटन अस्पताल लगियो सोमबार, माघ १, २०८० ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको छ । उनलाई उपचारका लागि पाटन अस्पतालमा राखिएको छ ।

बसले ठक्कर दिँदा स्याङ्जामा पैदलयात्रुको मृत्यु सोमबार, माघ १, २०८० माघेसङ्क्रान्तिको दिन बिहान पौने नौ बजे जयपतेबाट रिडितर्फ जाँदै गरेको ग १ ख ४१५० नम्बरको बसले स्थानीय ३० वर्षीय अजित बोटेलाई ठक्कर दिएको थियो ।

चीन भ्रमणपछि माल्दिभ्सका राष्ट्रपतिले भारतलाई भने– ‘आफ्ना सेना फिर्ता लैजाऊ’ सोमबार, माघ १, २०८० स्थानीय सञ्चारमाध्यमका अनुसार नाजिमले भारतीय सेनाहरू माल्दिभ्समा बस्न सक्दैनन् र जनताहरूले पनि यही चाहेको उल्लेख गरेका छन् । मुइज्जुको पार्टीको मुख्य अभियान माल्दिभ्सबाट भारतीय सेना हटाउनु थियो । हाल, माल्दिभ्समा डोर्निअर २२८ समुद्री गस्ती विमान र दुई हेलिकप्टरको साथ लगभग ७० भारतीय सेना तैनाथ छन् । कार्यभार सम्हालेको दोस्रो दिन...

मुगुमा नगर प्रहरी र सरकारी कर्मचारीबाटै १४ वर्षीया किशोरी बलात्कृत, गर्भ बसेपछि बाहिरियो घटना सोमबार, माघ १, २०८० जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले पीडित किशोरीले आफूमाथि बलात्कार भएको जाहेरी दर्ता गराएपछि ४ जनालाई पक्राउ गरिएको जानकारी दिए । गत भदौमा भएको बलात्कारको घटनामा नगर प्रहरी, सरकारी कार्यालयका कर्मचारी र केही स्थानीय व्यक्तिमाथि आरोप छ ।

मेलम्चीको पानी पुनः वितरण, प्रधानमन्त्री भन्छन्– ‘अब नियमित आउँछ’ सोमबार, माघ १, २०८० काठमाडौंवासीको घरमा आजदेखि मेलम्चीको पानी चौथो पटक आएको छ । मेलम्चीको पानी पुनर्वितरणको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार परिसरबाट गर्दै उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताएका छन् ।

६ महिनामा काठमाडौंको खर्च १७ प्रतिशतमात्रै सोमबार, माघ १, २०८० काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १७ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि २४ अर्ब ४ करोड ५४ लाख १ हजार रुपैयाँको बजेट विनियोजन गरेकोमा ६ महिनाको अवधिमा ४ अर्ब २७ करोड ४१ लाख ५० हजार रुपैयाँमात्रै खर्च भएको छ...

बम्जनविरुद्ध बारामा बेपत्ता र हत्या आरोपमा थप दुई जाहेरी आइतबार, पुस २९, २०८० निजगढ नगरपालिका–१२ स्थित खुमजोरको आश्रमबाट बम्जनले सिमरा उपमहानगरपालिका–१५ वडहर्वाका ३४ वर्षीय सुरेशकुमार आलेलाई बेपत्ता बनाएको भन्दै जाहेरी परेको हो ।आलेका परिवारले दिएको जाहेरीमा अपहरणपछि आलेलाई बेपत्ता बनाएको आरोप छ। आले २०७२ जेठपछि सम्पर्कविहीन भएको उनीहरूले दाबी गरेका छन् ।

काठमाडौं आइपुग्यो मेलम्चीको पानी, भोलिदेखि वितरण आइतबार, पुस २९, २०८० वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको मेलम्चीको पानी मर्मतपछि फेरि काठमाडौं आइपुगेको छ ।पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी आइरहेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर...








