News Griha :: न्यूजगृह
बसले ठक्कर दिँदा स्याङ्जामा पैदलयात्रुको मृत्यु 

स्याङ्जा— स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ आँधीमुहानको ड्याम नजिकै बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।

माघेसङ्क्रान्तिको दिन बिहान पौने नौ बजे जयपतेबाट रिडितर्फ जाँदै गरेको ग १ ख ४१५० नम्बरको बसले स्थानीय ३० वर्षीय अजित बोटेलाई ठक्कर दिएको थियो ।

बोटेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १२:१६
Weather Update