धरौटी बुझाएपछि रिहा भए दिपेश पुनशुक्रबार, वैशाख १४, २०८१

आगलागी पीडितलाई तत्काल राहत र उद्दारको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन शुक्रबार, वैशाख १४, २०८१ उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले वन डढेलो तथा आगलागीबाट पीडितहरुलाई राहत दिने कुरामा ढिलाई नगर्न निर्देशन दिएका छन्। शुक्रबार गृह मन्त्रालमा वन डढेलो तथा आगलागी नियन्त्रण र आउनसक्ने बाढी पहिरोको सम्भावित जोखिमको आंकलन अभियान अन्तर्गत ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रममा उनले कतैबाट नीतिगत रुपमा अप्ठ्यारो परेको छ भने...

रवि लामिछानेको पासपोर्ट दुरुपयोग प्रकरणको अनुसन्धान गर्ने एसएसपीको सरुवा शुक्रबार, वैशाख १४, २०८१ गृहमन्त्री रवि लामिछानेले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं जिल्ला परिसरको प्रमुखसहित तीन एसएसपीको शुक्रबार सरुवा गरे। काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्री र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको सरुवा भएको हो। उनीहरूको गत भदौमा सरुवा भएको थियो।

तीन एसएसपीको सरुवा, काठमाडौंमा वसन्त रजौरे शुक्रबार, वैशाख १४, २०८१ नेपाल प्रहरीका तीन जना एसएसपीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी वसन्त रजौरे सरुवा भएका छन्।यसअघि उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए।
एकैपटक २८ सहसचिवको सरुवा, को कहाँ पुगे? [सूचीसहित] शुक्रबार, वैशाख १४, २०८१ नेपाल सरकारका २८ सहसचिवहरुको सरुवा भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय र प्रदेशस्तरका सहसचिवहरुको सरुवा गरेको हो। त्यससँगै केही महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत फेरिएका छन्।

भोलि इलाम र बझाङमा यातायात बन्द, कुन-कुन सवारीमा हुँदैन रोकावट? शुक्रबार, वैशाख १४, २०८१ शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न निर्णयहरु गरेको छ। मतदानका दिन मुख्य राजमार्गहरुमा सार्वजनिक यातायात बन्द रहने र अन्य जिल्लाबाट वैकल्पिक माध्यमबाट सवारी आवागमन गराउन आयोगले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ।

कक्षा १२ को परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी काठमाडौंबाट पक्राउ शुक्रबार, वैशाख १४, २०८१ शुक्रबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा शान्ति शिक्षा मन्दिर माध्यामिक विद्यालय ठहिटीमा अध्ययनरत छात्र टंकबहादुर घर्तीको परीक्षा दिन गएका नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।

गुल्मीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु शुक्रबार, वैशाख १४, २०८१ गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।गुल्मीदरबार गाउँपालिका—३ का २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।दुर्घटनामा गम्भीर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु हो।

‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित शुक्रबार, वैशाख १४, २०८१ केही दिनदेखि नेपालगञ्जको अधिकतम तापक्रम बढेको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालगञ्जलगायत आसपास क्षेत्रका विभिन्न भूभागमा तातो हावा चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। चर्को गर्मी र तातो हावा ‘लू’ का कारण बाँकेको जनजीवन प्रभावित बन्दै गएको छ। दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा...

आजदेखि कक्षा १२ को परीक्षा शुक्रबार, वैशाख १४, २०८१ उनकाअनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन्। त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन्। देशभरका पाँच हजार...

यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना शुक्रबार, वैशाख १४, २०८१ दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा...

बेचिएकी साढे २ वर्षकी बालिकाको उद्धार, महिला पक्राउ शुक्रबार, वैशाख १४, २०८१ प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले आर्थिक अवस्था कमजोर भएको मकवानपुरको एक परिवारको साढे २ वर्षकी बालिकालाई बेचविखन गर्ने ललितपुर गोदावरी नगरपालिकाका ४३ वर्षीय उर्मिला भन्ने कल्पना विश्वकर्मालाई पक्राउ गरेको हो।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते शुक्रबार, वैशाख १४, २०८१ बिहीबार मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। दुर्घटनामा सल्यान घर भई शान्तिनगर- ७ खैरेनी बस्दै आएका ७२ वर्षीय शमशेर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिए।









