कार्यविधिविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका प्रहरी फिर्ता बोलाउन गृह मन्त्रालयको निर्देशनबिहीबार, वैशाख १३, २०८१
-1696254918.jpg)
सडक निर्माणमा भ्रष्टाचार, जनप्रतिनिधिसहित नौ जनाविरुद्ध मुद्दा बिहीबार, वैशाख १३, २०८१ उपभोक्ता समितिमार्फत सडक निर्माण भएको भनिएको कालीकोटको महावै गाउँपालिकास्थित सिमखेत–ओदा खण्डमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समिति पदाधिकारीसहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

स्पेन र क्रोएसिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ बिहीबार, वैशाख १३, २०८१ वैदेशिक रोजगारीमा स्पेन र क्रोएसिया पठाइदिने भन्दै ११ जनालाई ठगी गरेको छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। स्पेन पठाइदिने प्रलोभन दिनेले आठ जनाबाट ५६ लाख र क्रोएसिया पठाइदिन्छु भन्नेले २ लाख ५५ हजार रुपैयाँ ठगेको आरोप छ।

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ७ जना थुनामै रहने बिहीबार, वैशाख १३, २०८१ सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत ७ जनालाई थुनामा पठाउने उच्च अदालतको निर्णय सदर गरेको छ।न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासले अभियुक्त आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोडेको छ भने शमशेर मियाँलाई साधारण तारेखमा राखेको सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए।

‘कतार जान लागेका हात्तीको भाइरल भिडिओ फेक हो, कागजी प्रक्रिया जारी छ’ बिहीबार, वैशाख १३, २०८१ बुधबार दिउँसोदेखि भाइरल भिडिओमा दुवै हात्ती एउटा टुलमा टेक्दै ट्रकको ट्रलीमा उक्लिएको देखिएको छ । सामाजिक सञ्जालमा बिहीबार नै कतार पठाइएका भन्दै भाइरल भइरहेको भिडिओ ‘फेक’ भएको र यसमा कुनै सत्यता नभएको नेपालका लागि कतारका राजदूत डा. नरेश विक्रम ढकालले जनाएका छन् ।

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट बिहीबार, वैशाख १३, २०८१ जिल्लाका विभिन्न वन जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन। गत चैतदेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन जङ्गल सखाप पारेको छ। डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकले दिएको जानकारीअनुसार हालसम्म एक हजार चार सय १६ दशमलव छ हेक्टर वन जङ्गल डढेलोले सखाप परेको छ।

वैदेशिक रोजगारीमा जानेलाई जहाजमै खाना, खाजा र पानीको व्यवस्था गर्न आग्रह बिहीबार, वैशाख १३, २०८१ वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ।
योजना सफल कार्यान्वयन गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ: प्रधानमन्त्री प्रचण्ड बिहीबार, वैशाख १३, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन्।

सरकारी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले निजीमा काम गरे कारबाही गर्ने मन्त्रालयको चेतावनी बिहीबार, वैशाख १३, २०८१ सरकारले सरकारी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम गर्न रोक लगाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका प्रतिष्ठान, विभाग, अस्पताल तथा केन्द्रहरुहरुलाई सो काम रोक्न निर्देशन दिएको हो।

बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु बिहीबार, वैशाख १३, २०८१ पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ।राप्ती–२ गड्यौलीस्थित पूर्वपश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट मृत्यु भएको हो।

प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र बिहीबार, वैशाख १३, २०८१ बजेट अभावका कारण मुगुमा प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ। एक वर्षमा निर्माण सम्पन गर्ने सम्झौता अनुरूप ठेक्का सम्झौता भएर काम अगाडि बढेपछि उक्त प्रहरी चौकीका लागि कर्णाली प्रदेश सरकारले बजेट नदिएपछि भवन निर्माण कार्य अलपत्र परेको हो।सोरु गाउँपालिकामा रहेको कालै प्रहरीको भवन वडा नम्बर ९...

डान्सबारमा जुवा खेलिरहेका १३ जना पक्राउ बिहीबार, वैशाख १३, २०८१ ग्वार्कोस्थित ननस्टप डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो।

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित बिहीबार, वैशाख १३, २०८१ मटिहानी नगरपालिका–६ को मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन्। समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन्।बुधबारको आगलागीमा एक सय घर जलेपछि उनीहरूको बिल्लिबाठ भएको हो। बस्तीकी मैमुन खातुनको घरबाट सल्केको आगोबाट झुरमुट्ट बस्तीका एक सय घर खरानी भएका हुन्।









