News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना

काठमाडौं— हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ।

दिउँसो  देशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

Prabhu Bank

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको  छ। 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

राति भने देशभर आंशिक बदली देखि मौसम सफा रहने छ। गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा छिटपुट देखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको  छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०६:२०
Weather Update