News Griha :: न्यूजगृह
तीन एसएसपीको सरुवा, काठमाडौंमा वसन्त रजौरे
एसएसपी भूपेन्द्र खत्री। फाइल तस्बिर।

काठमाडौं— नेपाल प्रहरीका तीन जना एसएसपीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी वसन्त रजौरे सरुवा भएका छन्।

यसअघि उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए।

यसैगरी परिसरको हालका प्रमुख भूपेन्द्र खत्रीको प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा भएको छ। यसैगरी उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी सानुराम भट्टराईको सरुवा भएको छ।

यसअघि अपराध अनुसन्धान कार्यालयमा सोमेन्द्र सिंह राठौर रहेको थिए।

यस्तै तालिम केन्द्र विराटनरगमा एसएसपी अभिनारायण काफ्लेको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १५:०४
Weather Update